बैशाख ३१, २०८१ सोमबार

द्रोणाचार्यको स्मृति चार जनालाई सम्मान

भद्रपुर । झापाली बामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय द्रोणाप्रसाद आचार्यको २६ औं स्मृति दिवसको अवसर पारेर पूर्वमन्त्री तथा कांग्रेस नेता केशवकुमार बुढाथोकी सहित ४ जना राजनीतिक योद्धालाई सम्मान गरिएको छ ।


द्रोणाचार्य स्मृति प्रतिष्ठान झापाको आयोजनामा चन्द्रगढीमा आयोजित कार्यक्रममा जनपक्षीय उम्मेद्वार भई पञ्चायतको निरङकुश शासन व्यवस्था ढालेर प्रजातन्त्र स्थापनामा योगदान दिएको भन्दै कांग्रेस नेता बुढाथोकी, किशान आन्दोलनका अग्रणी व्यक्तित्व भीम कुँवर, कानुन व्यवसायी लीला उदासी खनाल र हरिप्रसाद अधिकारीलाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्वलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दोसल्ला र सम्मान पत्रले सम्मान गरे ।
प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता तथा प्रदेश सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानलाई ५ जना दाताले ३ कठ्ठा ११ धुर जग्गा दान दिएको घोषणा समेत गरेका छन् ।

प्रतिष्ठानका लागि भद्रपुर ९ मा हर्कमाया भट्टराईले एक कठ्ठा एकधुर, भगवान पौडेलले एक कठ्ठा, घननाथ भट्टराईले १० धुर, कुमारी रसाइलीले १० धुर र तुलसा ढुंगेलले १० धुर जग्गा प्रदान गरेको घोषणा गरेका छन् ।

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]