चैत्र १६, २०८० शुक्रबार

सिम्रिकद्वारा सामाजिक सुरक्षा खर्च प्रदान

बिर्तामोड । झापाका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुप्रति अभिभावकीय एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कुरालाई प्राथमिकता दिन थालेका छन् ।

जन्मदेखि मृत्यु पर्यन्त सहकारीको साथ पाउने भएपछि सहकारी संस्थाको सदस्य बन्न पनि मानिसहरुमा आकर्षण बढ्ने गरेको छ । यसै शिलशिलामा झापाको उत्कृष्ट १० को सूचिभित्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू कात्तिक महिनामा दशैं अघि र पछि हालसम्म तीन लाख २६ हजार ८३१ रुपैयाँ सामाजिक सुरक्षा खर्च प्रदान गरेको छ ।

कात्तिक १७ गते सोमबारमात्र बिर्तामोड सेवा केन्द्रका सदस्यहरुलाई ७५ हजार रुपैयाँभन्दा बढी रकम प्रदान गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश अधिकारीले बताएका छन् । संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतसहितको टोलीले सेयर सदस्यहरु रसम राजवंशीलाई २२ हजार रुपैयाँ र मञ्जु तामाङलाई १३ हजार ९७८ रुपैयाँ उपचार खर्च प्रदान गरेका हुन् ।
यसैगरी, सदस्य उपचार राहत वापत एलिशा गौतमलाई १३ हजार ५०० रुपैयाँ, पुष्पा खनाललाई १३ हजार ३५० रुपैयाँ र अञ्जु भण्डारीलाई १२ हजार ६०० रुपैयाँ घरघरमै गएर नगदै हस्तान्तरण गरिएको हो ।

यसैबीच, संस्थाको दानाबारी सेवा केन्द्रका क्यासियर भूमिका ढकाल अधिकारीको सासू आमाको निधनमा शोक व्यक्त गर्दै संस्थाले किरिया खर्चवापत ३० हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतसहित सञ्चालक तथा कर्मचारीहरु कात्तिक १६ गते बाह्रदशी गाउँपालिका राजगढमा रहेको अधिकारी निवासमा पुगेर समवेदना पत्रसहित काजकिरिया खर्च हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]