बैशाख ७, २०८१ शुक्रबार

दमकमा समुदाय–प्रहरी साझेदारीमा कोरोना विरुद्ध सचेतना

दमक । कोरोना भाइरस कोभिड– १९ को संक्रमण दर बढी रहेको बेला समुदाय–प्रहरी साझेदारी समिति दमकले सचेतना मुलक कार्यक्रम शुरु गरेको छ ।

प्रहरी साझेदारी समितिको टोलीले आज दमक –८ स्थित पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिँदै सचेतना कार्यक्रम गरेको हो । टोलीले प्रत्येक पसलहरुलाई माक्स,सेनिटाइजरको प्रयोग, पसल अगाडि हात धुने साबुन पानीको ब्यवस्थापन गर्न पनि अनुरोध गरिएको टोलीमा सहभागी इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए ।

सर्वसाधारण नागरिकलाई पसलहरुमा जाँदा कोरोना भाइरस प्रति सजक हुन पनि अनुरोध गरेको टोलीमा सहभागी प्रहरी साझेदारी समितिको सदस्य मोहन बोगटीले बताए । टोलीले दमक– ८ को चोक लाइन, सेतुमारी रोड लाइन लगायतको पसलहरुमा सचेतना कार्यक्रम गरेको छ ।
प्रहरी साझेदारी समितिका पदाधिकारी ,सदस्यहरु, सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधिहरु सहभागी टोलीले दैनिक रुपमा भीडभाड हुने बजारका विभिन्न पसलहरुको अनुगमन साथै सचेतना कार्यक्रम गर्ने प्रहरी साझेदारी समिति दमकका सदस्य तथा सामाजिक अभियान्ता सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]