बैशाख ३०, २०८२ मंगलबार

कोरोना विमाको भुक्तानी एकहप्ता भित्र दिन विमा कम्पनीलाई निर्देशन

काठमाडौं । विमा समितिले कोरोना विमाको भुक्तानी एक हप्ता भित्र दिन विमा सम्पनीहरुलाई निर्देशन दिएको छ । विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थमन्त्रालयले कोरोना विमाको रकममा भुक्तानी चाडो भुक्तानी दिन निर्देशन गरे सँगै समितिले विमा कम्पनीलाई उक्त निर्देशन दिएको बताउनुभयो ।

कोरोना विमाको भुक्तानी लागि सबै कागजात पेस गरे पनि समयमा भुक्तानी नपाएको जनगुनासो आएपछि समय तोकेर निर्देशन दिएको कार्यकारी निर्देशक पौडेलले गोरखापत्र अनलाइनलाई बताउनुभयो । कोरोनाको विमा वापतको भुक्तानी सबै विमा कम्पनीबाट अब एक हप्ता भित्र पाउने उहाँले बताउनुभयो । दसैंमा कार्यालय बन्द भएको कारण भुक्तानी नपाएका सबैले छिट्टै भुक्तानी पाउने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]