बैशाख १४, २०८१ शुक्रबार

झापाका नेता भट्टराईलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुन्दन भट्टराईलाई उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई आइतवार एयर एम्बुलेन्स मार्फत काठमाडौं लगिएको हो । स्वास प्रश्वासमा जटिल समस्या भएपछि उपचारका लागि काठमाडौं लगिएको परिवारिक स्रोतले जनाएको छ ।

उनलाई दुई महिनाअघि फोक्सोमा क्यान्सर देखा परेको थियो । क्यान्सर देखिएपछि नेता भट्टराईको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको थियो ।

अर्जुनधारा–५ निवासी भट्टराईको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा चौथो पटक किमो दिइएको थियो । किमो दिएको चार दिनपछि उच्च ज्वरो आएपछि एन्टिवाइटिक चलाइएको बताइएको छ । एन्टिबाइटिक चलाएपछि भट्टराईमा स्वास प्रश्वासको समस्या बढेको स्थानीय डेगनाथ खतिवडाले जानकारी दिए । भेन्डिलेटर मै राख्नुपर्ने भएपछि आइतवार दिउँसो साढे २ बजे काठमाडौं लगिएको छ ।

प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]