बैशाख १४, २०८१ शुक्रबार

वैदेशिक कसुर मुद्धामा सुरुङाका उप्रेती कारागार चलान

विर्तामोड । वैदेशिक कसुर मुद्धामा कनकाई नगरपालिका –३ सुरुङाका सौरभ उप्रेतीलाई कारागार चलान गरिएको छ । उनलाई झापा जिल्ला अदालतले फैसला कार्यान्वयनको लागि जिल्ला कारागार भद्रपुर चलान गरेको हो ।

वैदेशकि रोजगार न्यायाधिकरणको ०७४ साल असार ६ गतेको वैदेशिक कसुर मुद्धामा १ वर्ष ६ महिना कैद र डेढ लाख जरिवाना तोकिएको थियो । कैद र जरिवाना सुनाएपछि उप्रेती फरार भएका थिए । सुरुङा घर भई काठमाडौं बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय र इप्रका सुरुङाको टोलीले घरबाटै गत २४ गते पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]