जेष्ठ ५, २०८१ शनिबार

नेकपाको सचिवालय बैठक आज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बोलाउनुभएको हो । भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनको सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाका अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले सचिवालयको बैठक माग गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष अ‍ोलीलाई पत्र नै बुझाउनुभएको थियो । सङ†गठनको सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार सञ्चालनलगायत मुख्य रूपमा कोभिड–१९ को विषयमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

नेताहरुले बैठक माग गरेपछि अर्का अध्यक्ष ओलीले पार्टीको विधि र पद्धति अनुसार सचिवालय बैठक बोलाउन लिखित निर्देशन दिनुभएको थियो । सोही निर्देशन बमोजिम महासचिव पौडेलले बैठक बोलाउनुभएको हो ।  

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]