चैत्र १६, २०८० शुक्रबार

युनियन लाइफद्वारा मृत्युदावी भुक्तानी हस्तान्तरण

बिर्तामोड । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन विमा अन्तर्गत मृतकको परिवारले पाउने रकम हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगारको शिलशिलामा कुवेतमा रहेका हल्दिबारी ५ निवासी आथाङ नेम्बाङ्गको गत भदौ ८ गते मृत्यु भएको थियो । शुक्रबार मृतकको घरमा आयोजित एक कार्यक्रमका बिच दाबी भुक्तानी बापतको चौध लाख रुपैँयाको चेक वडाध्यक्ष शेरबहादुर नेम्बाङ्ग र इन्स्योरेन्स कम्पनीका बिर्तामोडका शाखा प्रमुख मिलन पौडेलले संयुक्त रुपमा मृतककी श्रीमती मेनुका नेम्बाङ्गलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै श्रीमती नेम्बाङ्गले आफूले सहज रुपमा भुक्तानी पाएको बताइन् । ‘विमा कम्पनीबाट रकम पाउन अत्यन्तै कठिन हुन्छ भन्ने सुनेको थिएँ’, उनले भनिन्,‘युनियनबाट बिना झन्झट आफूहरुले सो रकम पाउँदा खुशी लागेको छ ।’ बिमाको उच्च महत्व रहेको बताउँदै उनले कान्छी छोरी खुशी नेम्बाङ्गको ६ लाख रुपैँया बराबरको सिमित भुक्तानी विमा योजना युनियनबाट खरिद गरेको बताइन् ।

कार्यक्रमका अतिथी वडाध्यक्ष नेम्बाङ्गले विमा मरिन्छ भनेर गर्ने नभई भविष्यको सुरक्षा र बचतको लागि अति आवश्यक रहेको बताए । अर्का स्थानीय समाजसेवी तथा पूर्व शिक्षक दिलकुमार नेम्बाङ्गले राज्यले गर्नुपर्ने दायित्व विमा कम्पनीहरुले गर्दै आएको बताए । विमा भवितव्यको लागि आर्थिक सुरक्षा र भविष्यको लागि महाबचत भएको बताउँदै हरेक नागरिक विमाको पहुँचमा आउनु पर्नेमा जोड दिए । कार्यक्रम कम्पनीका एजेन्सी मेनेजर पुष्प खड्काले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ५ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]