बैशाख ८, २०८१ शनिबार

झापाका पुराना कम्युनिष्ट नेता कुन्दन भट्टराईको निधन

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका पुराना नेता कुन्दन भट्टराईको निधन भएको छ । उनको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा आज साँझ निधन भएको हो । केहि समयदेखि क्यान्सर रोगबाट पीडित नेता भट्टराईलाई एयर एम्बुलेन्सबाट उपचारका लागि काठमाडौं लगिएको थियो ।

क्यान्सरको उपचार गराइरहेका भट्टराईलाई स्वास प्रश्वासमा समस्या भएपछि काठमाडौं लगिएको थियो । भट्टराईलाई कोरोनाको संक्रमण समेत भएको बताइएको छ । झापा अर्जुनधारा–५ निवासी भट्टराई झापा बाम आन्दोलनका नेताका रुपमा परिचित थिए ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]