चैत्र १५, २०८० बिहीबार

कुकुरलाई घाँटीमा पेटी र रेविज विरुद्धको खोप

सिएम शर्मा

सुरुङ्गा । कनकाई नगरपालिकामा सामुदायिक कुकुरलाई टल्कने पेटी र रेबिज विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको आयोजना तथा रोटरी क्लब अफ सुरुङ्गाको सहआयोजनामा र कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक कुकुरलाई राती टल्कने पेटी र रेविज विरुद्धको खोप लगाउन शुरु गरिएको हो ।

सुरुङ्गा चोकमा भएको एक औपचारिक कार्यक्रममा बर्ष भर संचालन गरिने उक्त अभियानको उद्घाटन गर्दै प्रमुख अथिति कनकाई नगरपालिकाका कार्यवाहक मेयर गोविन्द प्रसाद पौडेलले यो कार्यक्रम नगरका सबै वडा सम्म पु¥याउने बताएका छन् ।

रोट्रयाक्ट दिपेन ओलीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै समाजमा अत्याधिक सामुदायिक कुकुरहरू बढिरहेकोले रेविज रोगको खतरा पनि बढ्दै गएको र सडक दुर्घटनाको खतार भएकोले रोट्रयाक्ट क्लवले यस किसिमको कार्यक्रम आयोजना गरेको बताएका छन् ।
कार्यक्रम सफलताको शुभकामना दिदै रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष टीका जम्मरकट्टेल , कनकाई खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्साल लगायतले सामुदायिक कुकुरलाई टल्कने पेटी लगाएपछि सडकमा रातीको समयमा परैबाट कुकुर देखिने भएकाले मानिस सचेत हुने साथै रेविजको खोप लगाएकोले टोकिहाले पनि खतरा कम हुने भएकोले अबका दिनमा कनकाईमा सामुदायिक कुकुरबाट हुने दुर्घटना र रेविज रोगको खतरामा न्युनिकरण हुने धारणा ब्यक्त गरेका छन् ।

कुकुरलाई पेटी र खोप लगाउन पशुपन्छी तथा मत्स्य विकास समिति कनकाईका प्रमुख तेज बहादुर पौडेल , भेटनरी अधिकृत केबि गुरुङ्ग लगायत चार जनाको टोलीले प्राविधिक सहयोग गर्दै शुक्रबारदेखि नै पेटी र खोप लगाउन सुरु गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]