बैशाख ७, २०८१ शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नेकपाभित्र देखिएको संकटबारे छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । हिजो साँझ करिब एक घण्टा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ ।

नेकपाभित्र जारी संकट समाधानका लागि दुवै पक्ष आ आफ्नो रणनीतिमा लागेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै उहाँ रुष्ट बन्नु भएको छ । ओली निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् ।

प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]