चैत्र १६, २०८० शुक्रबार

दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर

झापा । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदैछ ।

विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसा पिसाब गर्ने गरेका छन् ।

सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ । घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रीत गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ ।

नेपाल खुला दिसामुक्त घोषणा भइसकेको छ । तर शौचालयको प्रभावकारी प्रयोग भने हुन सकेको छैन । बनाइएका कतिपय शौचालय पनि अव्यवस्थित र प्रयोगविहिन छन् । दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]