बैशाख ८, २०८१ शनिबार

असोजभित्र कनकाईले लालपुर्जा दिने

विर्तामोड । झापाको कनकाई नगरपालिकामा रहेका भुमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ । नगरपालिकाका अनुसार लालपुर्जा वितरणको लागि आवश्यक तयारी गरिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले देशभर १४ वटा स्थानीय तहमा लालपुर्जा वितरणको लागि गत कार्तिक १४ गते सम्झौता गरेको थियो । सात प्रदेशका १४ वटा स्थानीय तहमा पहिलो चरणमा लालपुर्जा वितरण गर्ने गरि आयोगले काम थालेको हो । प्रदेश १ मा कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग आयोगले सम्झौता गरेको थियो । सोही बमोजिम नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ । लालपुर्जा वितरणमा खटिने कर्मचारीलाई तालिम समेत दिइसकिएको छ ।

भूमिहीनलाई भूमी र आवास बिहीन आवास दिने नेकपा सरकारको घोषणा अनुरुप देशभर पहिलो चरणको काम थालिएको छ । बिहीवार झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा, आयोगका सदस्य गोपाल गुरागाँई र आयोगका प्रतिनिधि जगत बहादुर देउजाले नगरप्रमुख राजेन्द्र पोखरेललाई सक्कल आवेदन फारम हस्तान्तरण गरेका छन् । आयोग गठन र लालपुर्जा वितरणको कामलाई गति दिन केन्द्रीय तहबाट भूमिका निर्वाह गरेका सांसद् साँवाले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि आएको आवेदन फारम नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी दिए । सांसद् साँवाका अनुसार नेकपाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार लालपुर्जा वितरणको काम अघि बढाइएको हो । उनले मंसिर १४ गते नगरपालिकाले सूचना जारी गर्ने र ०७८ को असार मसान्तभित्र भूमिहीनलाई र असोजभित्र अव्यस्थित बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने जानकारी दिए । अधिकतम ३० कठ्ठासम्मको लालपुर्जा दिइने सांसद् साँवाको भनाई छ ।

साँवाले पहिलो चरणमा १४ पालिकाको काम सकेर ०७८ मंसिरभित्र थप १ सय पालिकामा सोहि काम सम्झौता हुने जानकारी दिए । १ सय पालिकामध्ये झापाको शिवसताक्षी र झापा गाउँपालिकासहित ८ वटा पालिकामा लालपुर्जाको काम गरिने बताए ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]