बैशाख ७, २०८१ शुक्रबार

मेनुकालाई कनकाई छठ पुजा समितिको सहयोग

सुरुङा । कनकाई छठ सेवा समाजले क्यान्सर रोगबाट जीवन र मृत्युसँग जुधिरहेकी मेनुका ढुङ्गेल बास्तोलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

छठ पुजा सेवा समाजका अध्यक्ष सुरेन्द्र प्रधान, बरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरी,उपाध्यक्ष बिजयकुमार शर्मा, महासचिव राजकुमार शाह, कोषाध्यक्ष नरेश पोद्धार बरिष्ठ सल्लाहकार अनिल गोयलले मेनुका बचाउ अभियानका अभियानकर्मी तथा मेनुकाका दाजु चन्द्र ढुङ्गेललाई ७ हजार रुपैँया छठ पुजाको अवशर पारेर प्रदान गरेका छन् । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्रधानले आगामी दिनमा समेत आवश्यक आर्थिक तथा अन्य सहयोग गर्ने बताएका छन् ।

झापा कनकाई नगरपालिका– ८ लक्ष्मीपुर निवासी मेनुका लामो समयदेखि क्यान्सर रोगले थलिएकी छन् । उनको जीवन बचाउनका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् । मेनुकाको जीवन वचाउनका कनकाई नगरपालिका वार्ड नम्बर ८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवालको अध्यक्षतामा मेनुका बचाउँ अभियान समेत गठन गरिएको छ । हाल मेनुकाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको मेनुकाका दाजु चन्द्रले बताए । हालसम्म यस अभियानबाट ६ लाख रुपैँया सहयोग संकलन भइसकेको छ ।

आर्थिक अवस्था कमजोर रहेकी मेनुकाको जीवन बचाइदिन अभियानले सबैसग आग्रह गरेको छ ।
मेनुकालाई सहयोग गर्ने दाताहरुले सोझै एनआईसी एशियाको खाता नं. २१०४१५०८९५१७८००१ मा रकम जम्मा गर्न सकिने बताइएको छ । केही आवश्यक परेमा थप जानकारीका लागि समितिका सचिव छबि कट्टेलको सम्पर्क नं.९८४२६७०८८०, कोषाध्यक्ष गोमा निरौलाको सम्पर्क नं.९८६३७६५१९६ र मेनुकाका दाजु चन्द्र ढुङ्गेलको सम्पर्क नं.९८४२६५२८०० मा सम्पर्क गर्न सकिने बताइएको छ । सहयोग गर्ने दाताहरुको नामावली रकम सार्वजनिक गर्दै जाने समितिले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]