चैत्र १६, २०८० शुक्रबार

‘अर्थतन्त्र नयाँ दिशातर्फ’

बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था विगतका तुलनामा थप सुदृढ बनाउन वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ । उहाँले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्दै अझ सुदृढ बनाउन नयाँनयाँ योजना थालिएको पनि बताउनुभयो ।

बिहीबार बुटवलमा अर्थ सरोकारका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्रलाई नयाँ दिशातर्फ लैजान अनेक प्रयास भइरहेको र त्यस क्रममा कोभिडको समस्या समाधान गर्दै आर्थिक उन्नति गर्न तीन तहका सरकार एकसाथ लागिरहेको बताउनुभयो ।

विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ
अर्थमन्त्री पौडेलले बिहीबार बुटवल उपमहानगरपालिकाले प्रयोगमा ल्याउन लागेको विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा उहाँले डिजिटल सिटीको अभियानमा बुटवलले महŒवपूर्ण कदम चालेको बताउनुभयो । उहाँले डिजिटल प्रविधिको कारोबारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्नुपर्ने बताउनुभयो । बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलब्ध गराउन उपमहानगरलाई आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनीय बनाउँदै उपमहानगरलाई सेवा केन्द्रका रूपमा विकास गरिएको बताउनुभयो ।
यो प्रणालीअनुसार उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट रावस्व सङ्कलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ ।

बुटवलमा काठमाडौँ उपत्यकापछि पहिलोपटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस)को शुभारम्भ भएको थियो । त्यससँगै यहाँका करिब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जीपीएस र जीआईएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ । त्यसअघि बुटवलमै कोभिड–१९ र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उहाँले आर्थिक गतिशीलताका लागि सबै तह र क्षेत्रको सहकार्य जरुरी भएको बताउनुभयो । बुटवलबाट प्रकाशित दैनिकपत्र दैनिकले आफ्नो १७औँ वार्षिकोत्सवमा आयोजना गरेको अन्तरक्रियामा उहाँले अर्थतन्त्र र कोभिडबाट प्रभावितको जीवनस्तर उकास्न सरकारले एकपछि अर्का महŒवपूर्ण निर्णयहरू गरेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]