बैशाख ३१, २०८१ सोमबार

मेयरले मुख खोले

बिर्तामोड । बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले सरकारबाट क्षतिपूर्ति वापत तिस लाख दिने जानकारी आधिकारिक नभएको बताएका छन् । उनले सरकारले अहिलेसम्म आधिकारिक रुपमा जानकारी नपाएको बताए ।


सोमवार विज्ञप्ति जारी गर्दै मेयर शिवाकोटीले भने – त्यो घटनाका बिषयमा गृह मन्त्रालयले छानबिन गरेर प्रतिबेदन दिएको र सोका आधारमा मन्त्रीपरिषदले रु. ३० लाख क्षतिपूर्ति दिने निर्णय गरेको भन्ने मैले पत्रपत्रिकाबाट थाहा पाएको हुँ । सो रकमबारे मलाई कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।


२०७४ साल कार्तिक महिनामा मेरो घरमा तोडफोड, आगजनी र हुलहुज्यत भएको बिषयलाई लिएर आएको समाचारले केही भ्रम सिर्जना गरेको हुँदा सो बिषयमा केही स्पष्ट पार्नुु उचित ठानेको छु शिवाकोटीले थपे – मेरो घरमा तोडफोड गरी क्षतविक्षत बनाउने, बुलेट बाइकमा आगजनी, बिर्तामोड नगरपालिकाको र मेरो अर्को गाडी तोडफोड गर्ने, घर भित्रका सामान आँगनमा निकालेर आगो लगाउनेदेखि फुटाउनेसम्मका बिध्वंसात्मक कार्य गरेको सबैलाई थाहा भएकै कुरा हो ।
मेयरले ३० लाख लिएको भन्ने विषयले तिव्र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : असार ९, २०७६ सोमबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]