जेष्ठ २, २०८२ बिहीबार

इटहरीमा प्रचण्ड समूहको प्रदेश स्तरीय गोप्य भेला

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी फुटाउन खोजेको आरोप लागिरहेको बेला पूर्वमा पुष्पकमल दाहाल प्रचण्ड समुहले गोप्य भेला सम्पन्न गरेको छ ।

प्रचण्ड–माधव नेपाल समूहले १ नम्बर प्रदेश स्तरीय भेला इटहरीमा सम्पन्न गरेको सूचना बाहिर आएको छ । सो भेलामा पूर्वमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य शिवकुमार मण्डल, गोपी अछामी र महेश रेग्मी लगायतको उपस्थित रहेको सूचना स्रोतले जनाएको छ ।

नेकपाभित्रको अन्तरसंघर्ष चलिरहेको बेला प्रचण्ड समूहको इटहरी भेलालाई महत्वका साथ हेरिएको छ । सो भेलामा जतिसुकै बेला अलग्गिनु पर्ने अवस्था आउने भएकाले तयारी अवस्थामा बस्न सहभागीहरुलाई निर्देशनात्मक अभिव्यक्ति दिइएको थियो ।

इटहरीको साथी पेट्रोल पम्प नजिकै रहेको पार्टी प्यालेसमा दुई दिनअघि गरिएको भेलालाई सम्बोधन गर्दै नेताहरुले प्रधामन्त्री ओली विरुद्ध व्यापक आलोचना गरेका थिए । जसरी पनि ओलीलाई कमजोर बनाउनु पर्ने अभिव्यक्तिको आसय थियो ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]