बैशाख १४, २०८१ शुक्रबार

अध्यक्ष ओलीको प्रतिवेदन प्रचण्डको जस्तो विवादित आउँदैन, समाधान दिन्छ : नेता गौतम

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजेन्द्र गौतमले आजको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले सबै समस्या समाधान गर्ने बताउनु भएको छ । उहाँले अध्यक्ष ओलीमाथि लगाइएका कण्ठाग्रस्त आरोपहरु प्रतिवेलनबाटै गलत सावित गरिदिने जानकारी दिनुभएको छ । नेता गौतमले आज प्रस्तुत हुने प्रतिवेदनले पार्टीमा देखिएका विवाद समाधान तर्फ लैजाने दावी गर्नुभयो ।

नेकपाभित्र देश बनाउने र सत्ता कब्जा गर्न खोज्नेहरु बिच अन्तरसंघर्ष चलेको बताउँदै उहाँले भन्नुभयो – कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको समूह सत्ता केन्द्रीत भएकोले पार्टीले आवश्यक गति समेत लिन सकेको छैन । उपलब्धीहरुलाई संस्थागत गर्ने बेला प्रधानमन्त्री विरुद्ध कुण्ठा पोख्दै जनतालाई निराश बनाउने काम भएको उहाँको ठहर छ ।

विवाद शुरु गर्ने समूहको जस्तो पार्टी पार्टी अध्यक्ष ओलीको प्रतिवेदन नआउने उहाँको धारणा छ । अध्यक्ष ओलीले प्रचण्डले उठाएका विषयवस्तुलाई गलत सावित गरिदिने गौतमको भनाई छ । देशलाई अघि बढाउन गरिएका काम र आगामी कार्यदिशा बारे आजको प्रतिवेदनले बोल्ने जानकारी दिनु भयो ।

प्रेस संगठनका इञ्चार्ज समेत रहनु भएका नेता गौतमले प्रधानमन्त्री ओलीमाथि लगाएको लाञ्छना प्रमाणित गर्न चुनौति समेत दिनुभएको छ । कि प्रमाणित गर्नुपर्छ नभए फिर्ता लिनुपर्छ । उहाँले समाजवादको आधार तयार गर्न नेकपा केन्द्रीत हुनेपर्ने बताउँदै कार्यकारी अध्यक्षको भूमिका त्यस्तो नरहेको जिकिर गर्नुभयो ।

पार्टी अध्यक्ष ओलीको भूमिका राष्ट्र निर्माणमा केन्द्रीत भइरहेको बेला नेकपाभित्र उठाएका पूर्वाग्रह अराजनीतिक भएको गौतमको टिप्पणी छ । वर्तमान सरकार संविधानको कार्यन्वयन र ऐन कानुन निर्माणमा सक्रियता पूर्वक लागि परेकोले सरकारको उपलब्धी समेत समेटिएको प्रतिवेदनमा प्रस्तुत हुने उहाँको भनाई छ ।

नेता गौतमले इटहरीमा प्रचण्ड–नेपाल समूहले गरेको भेलाको कुनै औचित्य नरहेको बताउनु भएको छ । उहाँले पार्टीलाई कमजोर बनाउन गरिएका गुट भेलाले उनीहरुलाई नै कमजोर बनाउने दावी गर्नुभएको छ । विखण्डन चहाने र कमजोर प्रबृत्ति भएकाहरु गुट भेलामा केन्द्रीत हुनु नेकपाको मर्म विपरित रहेको भनाई छ ।

प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]