चैत्र १६, २०८० शुक्रबार

जामुनवारीको अध्यक्षमा सिटौला बिजयी

कनकाई । जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसारमा पुन कांग्रेसका ख्याम सिटौला दोस्रोपटक बिजयी भएका छन । उनले नेकपा राप्रपा नेपाल र लिम्बुवानको सयुक्त प्यानलबाट उम्मेद्धार दिएका विनोदराना मगरलाई ४२ मतले पराजित गरेका हुन ।

सिटौलाले जम्मा ४१९ मत ल्याउदा रानाले ३७७ मत ल्याए । यसैगरि उपाध्यक्षमा नेकपा राप्रपा रानाका प्यानलका दिलिप राई ३५२ र विष्णु ओली ३२८ मत ल्याएर बिजयी भए । सचिवमा ख्यामराकै प्यालनकी मनिता राईले ४१० मत ल्याएर बिजयी भईन । सचिव पदमा नेकपा प्यानलकी सिजु खरेल ३५८ मतमात्रै ल्याइन ।

यसैगरि सहसचिव पदमा नेकपा विनोद प्यालनकी पुजन बाह्रकोटीले ४०३ मत ल्याएर बिजयी भइन । उनले ख्याम प्यानलकी बबिता गिरीले ३४६ मत मात्रै ल्याइन । कोषाध्यक्षमा ख्याम प्यानलकै यशनाथ अधिकारी ४०४ मत ल्याएर बिजयी भइन भने उनका प्रतिद्धन्द्धी बिदुर खड्काले ३४६ मत ल्याएर पराजित भए ।

जम्मा ६ पदमा दुबै प्यानलका तीन तीन पदाधिकारी बिजयी भएका हुन । पराजित हुने हरुमा ख्याम प्यानलका दुई उपाध्यक्षहरु डबलबहादुर भण्डारी ३०७ र बुद्धिमान बोहोरा २८९ मत ल्याए भने स्वतन्त्र उठेका सुमन श्रेष्ठले समेत १६१ मत ल्याए । जम्मा ८४२ मत रहेको यस वनमा जम्मा ७९६ मत खसेको थियो । राती अबेर मात्रै मतगणना सकिएको थियो ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]