चैत्र १६, २०८० शुक्रबार

अनेरास्ववियू झापाको कमिटी घोषणामा व्यापक असन्तुष्टि

बिर्तामोड । अनेरास्ववियू झापाको एकता घोषणासँगै विवाद शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियू झापामा एकता पछिको नयाँ कमिटी घोषणासँगै व्यापाक असन्तुष्टि रहेको छताछुल्ल भएको छ ।

नेकपाको केन्द्रमा देखिएको विवादले झापाको विधार्थी राजनीतिमा समेत प्रभाव पारेको छ । प्रचण्ड –नेपाल समूहले एकलौटी कमिटी घोषणा गरेकोमा जिल्लाभरका विधार्थीहरुले असहमति जनाएका छन् । प्रचण्ड समूहका केहि विधार्थी नेताले समेत कमिटी घोषणामा आपत्ति जनाउन थालेका छन् ।

विधार्थी नेता सन्दीप प्रसाईले चिया पसलमा बसेर गरेको निर्णय मान्य नहुने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले चिया पसलमा गरेको निर्णय मान्य नहुने बताउँदै आफ्नो अनुकुलतामा कमिटी घोषणा गरेको आरोप लगाएका छन् ।

यस्तै, विधार्थी पुजा खुशीले जिल्लाको कमिटी घोषणामा असन्तुष्टी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमै लेखेकी छन्, – झापा जिल्लाको सबैभन्दा अन्यायपूर्ण निर्णय ।
मेची क्याम्पसका विधार्थी नेता अशोक खतिवडाले चरम गुटबन्दीबाट ग्रस्त समूहले आफु खुशी घोषणा गरेको नयाँ कमिटी अस्वीकार गर्ने बताएका छन् । इजलाससित कुरा गर्दै उनले भने , ‘यो कमिटी मान्य हुदैन । संगठनको केन्द्रले जारी गरेको सर्कुलर बमोजिम कमिटी बन्नुपर्छ ।’
सर्कुलरमा संगठनका केन्द्रीय सदस्य, साविक पार्टीका दुई प्रतिनिधि र संयोजक , सहसंयोजकको छलफलले सहमतिमा कमिटी टुङ्गो लगाउने व्यवस्था गरेको थियो । सोहि अनुसार पार्टीका प्रतिनिधि शिव ढुङ्गेल, युवराज दाहालसहित विधार्थीका प्रतिनिधि बिच एक चरण छलफल भएको थियो । पहिलो छलफलमै पुनः बैठक बसेर मात्रै कमिटी टुङ्गो लगाउने सहमति भए पनि अर्को बैठक नै नबसी कमिटी घोषणा गरिएको छ ।

अनेरास्ववियू झापाका पूर्व अध्यक्ष एवम् केन्द्रीय मनोज ताम्ली लिम्बुले नेतृत्व गरेका विधार्थीहरुलाई नयाँ कमिटीमा ‘बाइपास’ गरिएको बताइएको छ । उनको समूहले यहि कमिटीलाई आधिकारिक मान्ने हो वा नयाँ घोषणा गर्ने हो भन्नेमा सबैको चासो बढेको छ ।

प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]