बैशाख १२, २०८१ बुधबार

गोल्धापमा १८ करोडको लागतमा अस्पताल निर्माण हुने

बिर्तामोड । झापाको हल्दिवारी–१ गोल्धापमा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पताल भवनको शिलान्यास गरेकी हुन् ।

गोलधाप स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नतिका लागि नयाँ भवन निर्माण गरिने हल्दिवारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनले १८ करोड लागतमा अस्पतालको भवन निर्माण गरिने जानकारी दिए ।

गाउँपालिकाभित्रका नागरिकलाई आधारभूत स्वास्थ्य उपचार सहजै पुर्याउन नयाँ अस्पताल निर्माणको काम शुरु गरेको सापकोटाले जानकारी दिएका हुन् । उनले अस्पताल भवनको निर्माण २ वर्षभित्र सकेर स्वास्थ्य उपचार दिने बताए ।

राज्यमन्त्री गजमेरले सबै नागरिकलाई उपचारमा सहज पहुँचका लागि गाउँगाउँमा अस्पताल निर्माणको योजना ल्याएको बताइन् । संविधानले व्यवस्था गरे अनुरुप स्वास्थ्य अधिकार सुनिश्चित गर्न अस्पताल निर्माण थालिएको जानकारी दिइन् । उनले गाउँमा जनप्रतिनिधिलाई नागरिकतहसँग समन्वय र सहकार्य गरेर काम गर्न सूझाव समेत दिएकी छन् ।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अस्पताल भवनका लागि गोलधापका एक दर्जन परिवारले जग्गा सहयोग गरेका छन् ।

प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]