बैशाख ३०, २०८१ आईतबार

काभानीको गोलमा उरुग्वे विजयी

एजेन्सी । उरुग्वे समूह विजेताको रुपमा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको समूह सी अन्तर्गतको खेलमा साबिक विजेता चिलेलाई १–० ले हराउँदै उरुग्वे समूह विजेता बनेको हो । उरुग्वेको जितमा ८२ औँ मिनेटमा एडिन्सन काभानीले गरेको गोल नै निर्णायक बन्यो ।


सुरुमा दुई खेलमा जित निकालेको चिले समूह चरणको अन्तिम खेलमा भने पराजित भयो । उसको ६ अंक रह्यो र समूह उपविजेताका रुपमा अन्तिम ८ मा पुग्यो । दुई खेलमा जित र एकमा बराबरी गरेको उरुग्वेको सात अंक छ ।


चिलेले जापानलाई ४–० र इक्वेडरलाई २–१ ले पराजित गरेको थियो । यस्तै इक्वेडरलाई ४–० ले पराजित गरेको उरुग्वे जापानसँग भने २–२ को बराबरीमा रोकिएको थियो ।


समूह सी अन्तर्गत मंगलबार बिहानै भएको खेलमा जापान र इक्वेडरले १–१ को बराबरी खेलेका छन् । जापानका लागि १५ औँ मिनेटमा शोया नाकाजिमाले गोल गरे । ३५ औँ मिनेटमा इक्वेडरका लागि एन्जल मिनाले बराबरी गोल फर्काए । दुई अंकसहित जापान समूहको तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : असार १०, २०७६ मंगलबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]