नारा नै गलत ‘राजा आऊ, देश बचाऊ’
बिर्तामोड । राप्रपाले देशभर शक्ति प्रदर्शन गरिरहेको छ । सोहि क्रममा आज झापामा राप्रपाले मोटरसाइकल ¥याली कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको पूर्वसन्ध्यामा राप्रपाले झापामा १० हजार नागरिकको सहभागितामा गराउने जनाएको छ ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहसँग सल्लाह गरेर राजसंस्था चाहिन्छ नभनेको प्रतिक्रिया दिन थालेका छन् । उनले देशभर राज संस्था तथा हिन्दु राष्ट्र पुनःस्थापनाको लागि प्रदर्शन भइरहेको जानकारी दिए ।
मुलुकको सबैभन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा राप्रपाले राजाको माग गर्दै देशभर शक्ति प्रदर्शन शुरु गरेको हो । राजतन्त्र सहितको प्रजातन्त्रको नारा लगाइरहेका राजावादीले ज्ञानेन्द्र शाहसँग सल्लाह नगरी कार्यक्रम आयोजना गरेको बताइरहेका छन् । योसँगै सर्वसाधारणले राजाको माग कहाँबाट भएको भन्ने जिज्ञासा तस्र्याउन थालेका छन् ।
गत हप्ता झापाको बिर्तामोड आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राजावादीको प्रदर्शनलाई भूतप्रेत जागेको संज्ञा दिएका थिए । मन्त्री भट्टराईले सडकमा जागेको भूतप्रेत राप्रपाको भ्रम भएको प्रतिक्रिया दिएका थिए ।
विपक्षी दलहरुले सत्तारुढ पार्टीको कारण राजावादीहरु सल्बलाउन थालेको बताइरहेका छन् । भ्रष्टाचार बढेको, जनताले सरकारको महसुस गर्न नपाएकोले राजावादी सल्बलाएको दावी गर्दै आएका छन् ।
झापाकै एक कार्यक्रममा सहभागी भएका महान्यायाधीवक्ता अग्नी खरेलले अब मुलुकमा व्यवस्था परिवर्तन संभव नरहेको बताएका थिए । उनले राजावादीहरुको प्रदर्शनलाई इंकित गर्दै भनेका छन्, ‘यो प्रदर्शनीले व्यवस्था बदलिनैन, आफ्नो हैसियतमा बसे हुन्छ ।’ राजावादी बाहेकले अब मुलुकमा राजतन्त्रको कल्पना पनि गर्न नसिकने बताइरहेका छन् । तर, राजावादीहरु तत्कालै राजा ल्याउन सकनिे गरी अभिव्यक्ति दिँदै आएका छन् ।
नेकपाका केन्द्रीय सदस्य डिलाराम आचार्यले राजावादीको नारा नै गलत भएको बताएका छन् । उनले ‘राजा आउ, देश बचाउ’ भन्ने नारामै प्रश्न उठाएका छन् । आफुमा केहि विश्वास नहुनेहरु र केहि गर्न नसक्नेहरुले राजा गुहारेको उनको प्रतिक्रिया छ । सडकमा राजा आउन भन्नेहरुले आफै देशको लागि केहि गर्छु भन्ने सोच्नुपर्छ । गलेको राजतन्त्रले देश बचाउने कुरा विश्वाश गर्न नसकिने उनको भनाई छ । राजाले शासन गर्दा देश कहाँ पुग्यो, आचार्यले भने – देश झण्डै दिल्लीलाई बुझाइयो । ‘म देश बचाउछु भन्नुहोस् , म सल्युट गर्छु ।’ तर, राजा आउ, देश बचाउ भन्नु बेक्कार छ । मुलुक जनताले बचाएको भन्दै उनले रगत बगाएर ल्याएको गणतन्त्र बचाउनुपर्ने उनको धारणा छ ।