प्रदेश १ मा ओली पक्षधर युवाहरुको भेला मंसिर २७ गते
विराटनगर । राष्ट्रिय युवा संघ नेपालका केपी ओली पक्षधर युवा नेताहरुको भेला मोरङको गोठगाउँमा हुने भएको छ । मंसिर २७ गते प्रदेश स्तरीय भेला आयोजना गरिएको केन्द्रीय सदस्य पर्वतराज भण्डारीले जानकारी दिए । आज बसेको युवा नेताहरुको बैठकले प्रदेश १ स्तरीय भेला आयोजनाको निर्णय गरेको छ ।

पार्टी एकतामा र स्थिर सरकारका लागि दवाव दिन युवाहरुको भेला आयोजना गरिएको भण्डारीले जानकारी दिएका छन् । उनले आगामी योजनाका लागि भेला फलदायी हुने विश्वास गरेका छन् ।
ओलीपक्षका युवा नेताहरुले प्रचण्ड–नेपाल समूहका युवाले चरम गुटबन्दी गरेर पार्टी विभाजनमा मलजल गरेको आरोप लगाएका छन् । पार्टीलाई जोगाउने गरी दवाव दिन भेला गरिने तत्कालिन युवा संघका सचिवालय सदस्य रविन थापाले बताए । उनले अब जस्तोसुकै परिस्थितिको सामना गर्न युवाहरु तयार रहेको जानकारी दिए । थापाको संयोजकत्वमा भेलाको आयोजना गरिएको छ ।