बैशाख १३, २०८१ बिहीबार

नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० को उपाधि

काठमाडौं, मङ्सिर २० गते । मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले हात पार्नुभएको छ । कोरोना भाइरसको महामारिको बीच हिडन ट्रेजरले आयोजना गरेको सो सौन्दर्य प्रतियोगिता शनिवार होटल पार्क भिलेजमा स्वास्थ्यमापदण्ड अनुसार गरिएको थियो ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वल्र्डको ताज पहिरिनुभएको हो । शिक्षिकाको रुपमा कार्यरत श्रेष्ठले निर्णायक मण्डलको प्रश्न ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

यस्तै मिस नेपाल सुपरनेश्नलको उपाधि सिमल कनौजियाले जित्नुभयो भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले आफ्नो नाममा पार्नुभयो । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या शर्माले आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]