लक्ष्मी पाण्डे स्मृति दिवस : अनेरास्ववियूको स्मृतिसभा सकिए पछि पुगे प्रचण्ड–नेपाल समूहका विधार्थी
कनकाई । विधार्थी शहिद लक्ष्मी पाण्डेको ३३ औं स्मृति दिवसमा अनेरास्ववियू झापाले श्रद्धाञ्जलि सभा गरेको छ । तत्कालिन शासकहरुले पाण्डेलाई कनकाई माईको किनारमा ०४४ सालमा गोली हानी हत्या गरेका थिए ।
हरेक वर्ष अनेरास्ववियू झापाले कनकाई बहुमुखी क्याम्पस नजिकै रहेको शहिद पाण्डेको शालिकमा स्मृति सभा गर्दै आएको छ । आज विहान अनरोस्ववियू झापाद्वारा आयोजित स्मृति सभामा बोल्दै विधार्थी नेता संगठनका केन्द्रीय सदस्य मनोज ताम्लीले विधार्थी जीवनमा पाण्डेले शासक विरुद्ध लडेर नेपाली समाजमा ठुलो योगदान पु¥याएको चर्चा गरेका थिए । उनले शहिद पाण्डेले देखाएको बाटो र उनले देखेको सपना पुरा गर्न अनेरास्ववियूमा आवद्ध विधार्थीहरु प्रतिबद्ध रहेको बताए ।

नेता ताम्लीले, जिल्लामा विधार्थी संगठनका नाममा चन्दा उठाउने, विधार्थी आन्दोलनलाई विक्रि गर्ने , लड्नु पर्ने ठाउँमा कमिशन लिएर आन्दोलन नै सखाप पार्नेहरुबाट शदिहको सपना पुरा नहुने बताएका छन् । म शहिद पाण्डेको शालिक नजिक उभिएर बोल्दैछु , ताम्लीले भने – पद नपाएर कुर्सी खोज्दै बरालीलेहरुलाई अब लतारेर सडकमा पुराइनेछ । उनले चन्दा आतंक गर्नेहरुबाट झापाको विधार्थी आन्दोलनको नेतृत्व गर्न संभव नहुने दावी गरेका छन् ।
संगठनका जिल्ला संयोजक समर्पण खतिवडाको अध्यक्षतामा भएको सभामा केन्द्रीय सदस्य डम्बर अधिकारी, पूर्व केन्द्रीय सदस्य टिका मंग्राती, असारु राजवंशी सहित विधार्थी नेताहरुको सहभागिता रहेको थियो ।

अनेरास्ववियू झापाको कार्यक्रम सम्पन्न भएपछि प्रचण्ड–नेपाल समूहका विधार्थी पनि स्मृति सभाका लागि पुगेका थिए । पहिलो चरणमा कार्यक्रम सम्पन्न भइसकेपछि उनीहरुले दोस्रो चरणमा समेत कार्यक्रम गरेको स्थानीयले जानकारी दिएका छन् ।अनेरास्ववियूले स्मृति सभा पछि विधार्थीहरुका विच प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा युवा नेता डम्बर अधिकारी, असारु राजवंशी र टिका मंग्रातीले सहजीकरण गरेका थिए ।