बैशाख ३१, २०८१ सोमबार

मेयर शिवाकोटीद्वारा ३० लाख नलिने घोषणा

बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् ।

बालक लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा बिर्तामोडमा भएको हिंसात्मक आन्दोलनका क्रममा मेयरको घर र सवारीमा तोडफोड भएको थियो ।

तोडफोडका क्रममा भएको क्षति छानबिन गरेर सरकारले मेयर शिवाकोटीलाई ३० लाख दिने निर्णय गरेको थियो । मेयर शिवाकोटीले भने – मलाई यो केही जानकारी छैन, सरकारले दिन्छ भने म लिन्न । मैले यसरी रकम लिन मिल्दैन । मेरो क्षति धेरै भएको छ, शिवाकोटीले भने – तीन महिना अघि निर्णय भएको रहेछ । लिने भए म निर्णय भएको दुई दिनमै लिने थिए ।

नगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो जीवनमा चोट पुगेको भन्दै न्याय दिन आग्रह गरेका छन् । आन्दोलन सम्झिदै मेयरले भने, त्यो बेला मलाई मार्ने योजना रहेछ ।

प्रकाशित मिति : असार १०, २०७६ मंगलबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]