जेष्ठ १, २०८२ बुधबार

ओलीपक्षका युवाहरुको प्रदेश १ भेला : पार्टी एकताका लागि जस्तोसुकै योगदान गर्न तयार रहेको सन्देश

झापा । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर युवाहरुले पार्टी एकताका लागि दवाव दिन प्रदेश १ स्तरीय भेला गरेका छन् ।

नेकपा निकट युवाहरुले केन्द्रमा देखिएको विवाद समाधानका लागि खवरदारी गर्न भेला आयोजना गरेको बताए । भेलालाई पूर्व मन्त्री गोकुल बाँस्कोटा सहित युवा नेताहरुले सम्बोधन गरेका छन् ।
प्रचण्ड–नेपाल समूहले गोप्य भेलालाई तीब्रता दिए पछि केपी ओली पक्षधर युवाहरुले पार्टी एकतामा दवाव दिन शुरु गरेका छन् ।

युवा भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपामा छिटोछिटो पद खोज्नेहरुले एकतालाई नै कमजोर बनाएको आरोप लगाए । उनले कार्यकारी अध्यक्ष पुष्प कमल दाहालले पार्टी विभाजका लागि सूमह नै निर्माण गरेर कम्यूनिष्ट आन्दोलनलाई कमजोर बनाउन खोजेको बताए । उनले युवालाई सम्बोधान गर्दै भने, पार्टी फुटाउनबाट हामीले धेरै रोकिरहेका छौं । उहाँहरु उपलब्धीप्रति सचेत बन्नुभइरहेको छैन, मन्त्री बाँस्कोटाले भने– ‘पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न सबैले तयार बन्नुपर्छ ।

युवा भेलालाई मन्त्री बाँस्कोटासहित युवा नेताहरु रमेश पौडेल, बचन सिंह, पर्शुराम बस्नेत, पर्वतराज भण्डारी,उर्मिला सुनुवारले सम्बोधन गरेका थिए । सो भेलामा सहभागी युवाहरु ‘जबज जिन्दावाद’ लेखिएको फेटा बाँधेर सहभागी भएका थिए ।

नेता भण्डारीले भेलालाई सम्बोधन गर्दै केपी ओली विरुद्ध षडयन्त्र गरेर मुलुकलाई नै पछाडि धकेल्न खोजिएको बताएका छन् । उनले पार्टी महाधिवेशनमा ओलीसँग भिड्न डराएर अहिले देखि नै अप्राकृतिक गतिविधि शुरु गरेको भण्डारीको आरोप छ । उनले भने, हामी प्रचण्ड–नेपाल समूह जस्तो लुकेर गुट भेला गर्दैनौं, पार्टी एकताका लागि खुल्ला रुपमा भिडन पनि तयार छौं । उनले मुलुकमा ५ वर्षसम्म केपी ओलीको सरकार नढल्ने र कसैले ढाल्न नसक्ने दावी गरे । युवा नेता भण्डारीले ओली विरुद्ध षडयन्त्र गर्नेहरुलाई जनताले सडकमा ल्याइदिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]