बैशाख ३१, २०८१ सोमबार

दवावले रकम नलिने घोषणा गरेको होइन : मेयर शिवाकोटी

बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारले क्षतिपूर्ति वापत दिने ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । मंगलवार साँझ नगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनले सो घोषणा गरेका हुन् ।


पत्रकार सम्मेलनमा उनले यस घटनाले ठुलो चोट पु¥याएको बताए । ‘मैले पैसा लिएको छैन र लिन्न पनि तर लिए जत्तिकै गरेर ममाथि चोट पु¥याउने काम भयो’ शिवाकोटीले भने । अर्जुनधाराका बालक लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा बिर्तामोडमा भएको हिंसात्मक आन्दोलनका क्रममा मेयरको घर र सवारीमा तोडफोड भएको थियो ।


तोडफोडका क्रममा भएको क्षति छानबिन गरेर सरकारले मेयर शिवाकोटीलाई ३० लाख दिने निर्णय गरेको थियो । मेयर शिवाकोटीले भने – मलाई यो केही जानकारी छैन, सरकारले दिन्छ भने पनि लिनेवाला छैन । मैले यसरी रकम लिन मिल्दैन । मेरो क्षति धेरै भएको छ, शिवाकोटीले भने – महिनौ अघि निर्णय भएको रहेछ । लिने भए म निर्णय भएको दुई दिनमै लिने थिए ।

पत्रकारलाई भने, नबुझि समाचार लेख्दा म माथि अघात पुगेको छ, अब कसरी न्याय दिनुहुन्छ ? नगरपालिमामा रहँदा वा नहँदा मैले कसैबाट एक पैसा खाएको छैन, म भिखारी पनि होइन , शिवाकोटीले भपे – यदि लिनेवाला थिए भने कसैले थाहा नपाई लिइसक्थे । उनले सरकारले छुट्टाएको ३० फ्रिज हुन लागेको बताएका छन् । असार मसान्तमा त्यो बजेट फ्रिज हुन्छ, त्यति ठुलो रकम लिने भए अहिलेसम्म किन छोड्थे ।


समाचार आएपछि सबै कुरा विस्तृतमा जानकारी पाएको भन्दै उनले जनताको सेवक भएका काम गर्न आएको कारण कुनै लोभ नभएको स्पष्ट पारेका छन् । इजलाससँग कुरा गर्दै उनले भने – कसैको दवावले रकम नलिने घोषणा गरेको होइन, मैले यो रकम लिन नै थिइन ।
उनले आन्दोलनका क्रममा घाइते भएका मणि नेपालीको सहयोगका लागि पहल गरिरहेको जनाएका छन् ।


आन्दोलनका क्रममा नगरपालिकाको मे.१ झ १२१ नम्बरको गाडीमा र बा.१० च ३०६१ नम्बरको निजी कारमा क्षति भएको थियो । उनैका छोरा नेपाल रत्न शिवाकोटीको मे.७ प ३००० नम्बरको बुलेट मोटरसाइकल आन्दोलनकारीले जलाइदिएका थिए । हिंसात्मक आन्दोलनले शिवाकोटीको घर आगजनीको प्रयास समेत भएको थियो ।

सोहि क्रममा आन्दोलनकारीले घरमा सिसा समेत फुटाएका थिए । घरको झ्याल फुटे वापत ३० लाख क्षतिपूर्ति भन्ने विषय झुटो भएको उनको ठहर छ ।

प्रकाशित मिति : असार ११, २०७६ बुधबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]