बैशाख २३, २०८१ आईतबार

जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने

विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने भएको छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले विहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा पुर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर शृखंला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र जेष्ठनागरिक ग्रामबारे जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल गरिसकेको छ । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईएको शृखंला खतिवडाले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ ।

१० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने योजना बनाईएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास पछि जेष्ठनागरिक ग्राम निर्माणले गतिलिने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । उहाँले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा जेष्ठनागरिक ग्राम स्तरिय बन्ने बताउनुभयो । जेष्ठनागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक रुपमा बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले जेष्ठनागरिक ग्राममा चिल्ड्रेन पार्क पनि निर्माण गरिने बताउनुभयो । चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]