चैत्र १५, २०८० बिहीबार

सांसद् साँवाको नेतृत्वमा संसदीय समिति गठन

झापा । झापा निर्वाचन क्षेत्र ४ बाट निर्वाचित सांसद् एलपी साँवाको नेतृत्वमा वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितता, कार्टेलिङ र भिजिट भिसामा कामदार पठाउने सन्दर्भमा रहेका समस्याको छानबिन गर्न संसदीय समिति गठन भएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको हो ।
समितिलाई वैदेशिक रोजगारको क्षेत्रमा भएका ठगी, अनियमिता, घरेलु श्रमिकका समस्या, कमादार पठाउने सन्दर्भमा हुने गरेका सिण्डिकेट, भिजिट भिसामा कामदार पाठउने विषयमा रहेका समस्याहरुको समधानका सन्दर्भमा अध्ययन अनुसन्धान र छानबिन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न म्याण्डेट दिइएको छ ।

समितिमा सांसद कृष्णकुमार श्रेष्ठ (किसान),अमृता अग्रहरी, दुर्गाकुमारी विश्वकर्मा र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् । समितिले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विकृति, विसंगति, समस्या, ठगी र समग्र विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्ने समितिका संयोजक साँवाले बताए ।

प्रकाशित मिति : पुष २, २०७७ बिहीबार  ३ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]