बैशाख १३, २०८१ बिहीबार

झापामा बलात्कार तथा बलात्कार प्रयासका ११६ वटा घटना : इन्सेक

बिर्तामोड । इन्सेक झापाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को पूर्व वार्षिक समीक्षा शनिश्चरेमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले झापामा संकलन गरिएका मानव अधिकार उल्लघंनका प्रतिवेदनत प्रस्तुत गरेका थिए । विगत एक वर्षमा इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले तयार पारेको झापा जिल्लामा सन २०२० को जनवरीदेखि नोवेम्बर १५ सम्मको मानवअधिकारका घटनाहरुको आधारमा समिक्षा गरिएको थियो । हत्याको १० वटा, हत्या प्रयास १५ वटा, बलात्कार तथा बलात्कार प्रयास ११६ वटा, यौन दुर व्यवहार १३ वटा,मानव वेचविखन ६ वटा,बहुविवाह २० वटा,प्रहरीद्घारा गोली प्रहार १ वटा, शिशु हत्या १ वटा, अप्राकृतिक मैथुन २ वटा,पत्रकार कुटपिट १ वटा गरी जम्मा १ सय ८५ वटा घटनाहरुमा १ सय १९०जना पीडित भएको अभिलेख रहेको प्रतिवेदनमा उल्लेख थियो ।

इन्सेकको कार्यप्रति मानव अधिकारको क्षेत्रमा रहेको भन्दै कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलबाट आएका सुझावलाई स्थानीय तहहरुसँग समन्वय गरेर जाने प्रतिवद्वता व्यक्त गर्नु भयो । उहाँले काभिड–१९ को समयमा पनि महिला बालबालिका माथि बलात्कार र बलात्कार प्रयासको घटना हुनुले डरलाग्दो स्थिति सृजना भएको उल्लेख गर्नुभयो । प्रमुख पोर्तेलले झापामा आगामी दिनमा मानव अधिकारका घटनामा कमी ल्याउन साझा दृष्टिकोण अघि बढ्न सबैलाई अनुरोध गर्नुभयो ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा अचार्यले मानव अधिकारको क्षेत्रमा काम गर्न सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । नगरपालिकाले हिंसामा परेका महिलाहरुका लागि राहतकोष स्थापना गरी कार्यविधि समेत निर्माण गरेकोले चाँडै कार्यन्वयन गर्ने जानकारी दिनुभयो । मानव अधिकार संजाल झापाका अध्यक्ष विष्णु खरेलले इन्सेकको लामो समयदेखि निडरतापूर्वक हिंसाका घटना अभिलेखिकरण गरेर महत्वपूर्ण कार्य गरेको उल्लेख गर्नुभयो । खरेलले स्थानीय तहका जनप्रतिधिलाई अर्धन्यायिक अधिकार दिए पनि पीडितहरु मानव अधिकारकर्मीसँग र अदालत जानु परेकोमा दुःख व्यक्त गर्नु भयो । महिला,बालबालिका,अपाङ्गका अधिकारबारे सचेत पार्ने कार्यक्रमतर्फ स्थानीय तहको ध्यान केन्द्रित गर्न आग्रह गर्नु भयो ।

महिला अधिकारकर्मी अधिवक्ता कोपिला खड्का बस्नेतले जघन्य अपराधमा मेलमिलाप हुने गरेकोमा स्थानीय तहले आफ्ना वकिलमार्फत हिंसामा परेका महिला मुद्दामा सहयोग गर्नुपर्नेमा सुझाउनु भयो ।

प्रकाशित मिति : पुष ६, २०७७ सोमबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]