बैशाख ६, २०८१ बिहीबार

शनिश्चरे–खुदुनावारी सडक अलपत्र

अर्जुनधारा – अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे–खुदुनावारी सडक अलपत्र परेको छ । निर्माण सम्पन्न हुनुपर्ने मिति सकिएको ६ महिनासम्म पनि रकम निकासा नहुँदा सडक निर्माण अलपत्र परेको हो ।

सडक भत्काएर निर्माण नभएपछि सो क्षेत्रका सर्बसाधारणले सास्ती ब्यहोरिरहेका छन् । भौतिक पुर्वाधार विकास कार्यालयको ९ करोड रुपैंयाँ लागतमा शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७५ साल असार २७ गते ठेक्का लागेको थियो । कञ्चनजंघा–शेर्पा–कञ्चनजंघा जेभी सडक निर्माणको ठेक्का पाएको थियो । २०७७ असारमा सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको भएपनि बजेट निकासा नहुँदा सडक निर्माण कार्य अलपत्र परेको हो । समयमा काम सक्न दवाव आएपछि ठेकेदार संस्थाले सब–बेसको काम सकेर कालोपत्रे गर्न तयारी गरेको थियो । तर, असारमा बुझाएको बिलको हालसम्म भुक्तानी नदिएको निर्माण कम्पनिका सञ्चालक फुर्तेम्बा शेर्पाले बताए । यतिबेला स्थानीयले धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै सडकमा बाँस तेस्र्याएर अवरोध गरेका छन् ।

निर्माणको काम किन अलपत्र पारेको ? प्रश्न गर्दा शेर्पाले आफु रकम भुक्तानीका लागि मन्त्रालयमा रहेको बताएका थिए । ‘लगभग १ करोड रकम भुक्तानी पाउन माग गर्दै मन्त्रालय धाइरहेको छु, शेर्पाले भने–‘ आफुसँग भएको रकम खर्च गरिसकेको हुनाले रकम अभावमा काम अघि बढ्न नसकेको हो ।’ सडक निर्माणको सम्झौता सकिएको ६ महिना बितेपनि काम भने ५० प्रतिशतको हाराहारीमा मात्र भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अन्तरगर्तको सो सडक स्तरोन्नतिको ठेक्का करीब ९ करोडमा ठेक्का लागेको थियो । झापा आन्दोलनका योद्धाको सहादतस्थल सुखानी पार्क हुँदै इलाम जोडिने यो सडक वर्षाैदेखि हिउँदमा धुलाम्मे र बर्षातको समयमा हिलाम्मे छ । जनप्रतिनिधिले उक्त सडक निमार्णकालागि चासो नदेखाएको स्थानीयको दुःखेसो छ । तर, समयमा सडक नबन्दा स्थानीय सरकार प्रति सर्वसाधारणको आक्रोश बढेको छ । संघिय सरकारले प्रदेश सरकारको मातहतमा सडक निर्माण गर्ने भएपनि समयमा निर्माण सम्पन्न नहुँदा स्थानीयतहसँग सरोकारवाला आक्रोशित छन् ।

सरकारले बजेट समयमा नै निकासा नगरेकै कारण निर्माण कम्पनीले पनि काममा चासो देखाएको छैन । अर्जुनधारा नगरपालिकाले धुलाम्मे उक्त सडकमा धुलो मार्नकालागि पानी हाल्ने र बर्खाको समयमा हिलो हुँदा बालुवा गिट्टी हाल्ने काम गर्दै आएको नगरप्रमुख हरिकुमार राना बताउंछन् । नगरले उक्त सडक समयमा सम्पन्न गर्नका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गरे पनि सुनवाई नभएको जनाएको छ ।

सम्झौता समयावधी भित्र उक्त सडक निर्माण नहुँदा यात्रु तथा स्थानीयले सास्ती बेर्होनु परेको छ , नगरप्रमुख राना भन्छन्, नगरले प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद बृख प्रधान सहित पटक–पटक पहल गरे पनि सडक निमार्णमा अर्थ मन्त्रालयबाटै बाटै चासो देखाइएको छैन ।’ स्थानीयले समय सम्झौता भित्रै सडक निर्माण गरिनु पर्ने र धुलोका कारण सास्ती बेर्होनु परेको भन्दै लामो समयदेखि पटक पटक सडक बन्द गरे पनि सुनवाइ भएको छैन । दक्षिणी इलामलाई झापासँग जोड्ने बैकल्पिक यो सडक समयमा नै निमार्ण हुन सके जिल्लाबासीलाई सहजता पुग्ने छ ।

प्रकाशित मिति : पुष ८, २०७७ बुधबार  ५ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]