बैशाख ८, २०८१ शनिबार

झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार

विराटनगर । प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो ।

झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडकआश्रित मानवहरु अव सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । सडक मानवको उद्धारकार्य जटिल भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले आगामी बैशाख भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसकिने बताउनुभयो । प्रदेश सरकारले मानव सेवा आश्रम, स्थानीय तहसँगको सहकार्यमा उद्धार कार्य निरन्तर रुपमा गर्दै आएको मन्त्री घिमिरे बताउनुभयो ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहरुको व्यवस्थापनमा सहज भएको बताउनुभयो ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने बताउनुभयो । उहाँले आगामी २०८२ भित्रमा नेपाललाई शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रात विताउन विवश घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गरिने बताउनुभयो ।

बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले सडकमा बेसहारा, असहायहरु अवदेखि नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव सेवा आश्रमले पुस ७ गतेदेखि शुरु भएको मेची–महाकाली अभियान अन्र्तगत झापाबाट ७६, सुनसरीबाट १११ र मोरंगबाट ६६ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन् ।

उद्धार गरिएका ९ जना बालबालिकालाई काठमाण्डौं पठाईएको र बाँकीलाई इटहरीमा राखिएको सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारीले जानकारी दिनुभयो । उद्धार गरिएकाहरुमा ५ देखि ८० बर्ष उमेर समूहका रहेको मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताउनुभयो ।

प्रकाशित मिति : पुष ११, २०७७ शनिबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]