जेष्ठ ६, २०८१ आईतबार

झापामा प्रचण्ड नेतृत्वको अलग्गै भेला

बिर्तामोड । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले झापामा जिल्लास्तरीय भेला गरेको छ । आफ्नो पक्षलाई प्रशिक्षण प्रदान गर्ने गरी आयोजान गरिएको भेला गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडको सभाहलमा गरिएको छ ।

प्रचण्ड र माधव कुमार नेपाल समर्थक नेता कार्यकर्ता सहभागी भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरिएको छ । प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी नै सिध्याउने षडयन्त्र गरिएको नेताहरुले बताएका थिए । भेलालाई संबोधन गर्दै नेताहरुले प्रतिनिधिसभा विघटन गरेर जनताले दिएको मतको अपमान गरेको आरोप लगाए । प्रमुख अतिथीका रुपमा संबोधन गर्दै प्रचण्ड नेतृत्वको नेकपाका नेता नरेश खरेलले पार्टी कार्यकर्ताहरुलाई बिचलित नभई एकताबद्ध भएर लाग्न निर्देशन दिए । उनले आफ्नो पक्षमा जनता रहेकोले कोहि पनि नआत्तिन आग्रह गरेका छन् ।

उनले पार्टीमा व्यक्ति गौण हुने र विधि प्रकृयालाई ठुला, साना, नेता , कार्यकर्ता सबैले आत्मसाथ गर्न सक्नुपर्ने भन्दै केपी शर्मा ओलीको स्वैच्छारी प्रवृत्तिका विरुद्ध पार्टी भित्र लामो समयसम्म बहस र छलफल भएको बताए ।

भेला जिल्लाका सहसंयोजक विजय साम्पाङको अध्यक्षतामा भएको थियो । सो भेलालाई पुष्पलाल मित्रता केन्द्रका महासचिव रविन कोइराला, नेतृ धर्मशीला चापागाइँ, झलकसिंह दर्लामी लगायतले संबोधन गरेका थिए ।

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]