चोर बाटोबाट हाजिर गरेर भत्ता पड्काउने आचार्य संसदको नेता
विराटनगर । नेकपा प्रदेश १ को संसदीय दलको नेताका प्रचण्ड – नेपाल समूहले गोप्य रुपमा प्रदेश सांसद भीम आचार्यलाई चयन गरेका छन् ।
कानूनत संसदीय दलका नेतालाई हटाएर अर्काे नेता बन्नको लागि अवैधानिक ढंगले गरिएको बैठकको औचित्य नहुने कानून व्यवसायीले जोड दिएका छन् । संविधान सभाका सदस्य रेवतीरमण भण्डारीले संसदीय दलको नेता शेरधन राई र प्रमुख सचेतक बुद्धि राजभण्डारीलाई थाहै नदिई कोठा थुनेर गरिएको बैठकले चयन गरेको नेताको कानूनी हैसियत नहुने बताए । उनले भने ‘प्रदेशसभा बनेको तीन वर्ष भयो एक दिन बैठकमा बोल्नु छैन्, नआएको दिन चोर बाटोबाट हाजिर गरेर भत्ता पड्काउने आचार्य नेता हुने कुरा हास्यास्पद छ ।’
‘चुनाबको बेला आफ्नै कार्यकर्तासँग टिकट दिदाँ पैसा लिने अनि प्रदेशको विकासमा तीन वर्षसम्म सुतेर बस्ने आफूलाई नेता भन्ने तर संसदमा नुनखाएको कुखुरा जस्तो भएर बस्ने अहिले मुख्यमन्त्रीको दाबी गर्ने’ उनले भने ‘आचार्यजीको राजनीति गज्जबको छ । ’
‘अहिले काहाँ को को कसरी मिटिङ सार्वजनिक नगरिकन एकपटक दलको नेता हुन्छ ?’ उनको प्रतिप्रश्न थियो ।
दलका उपनेता टंक आङ्बोहाङले भने बुधबार नै बैठक बसेर संसदीय दलको नेता चयन गरिएको बताए । दलको नेता चयन गरेपनि उनलाई समर्थन गरेर अविश्वासको प्रस्तावमा सहिछाप गरेकाहरु पनि फर्किन थालेका छन् ।