बैशाख १२, २०८१ बुधबार

सुरुङामा होटल डिलाइटको शुभारम्भ

सुरुङा । कनकाई नगरपालिका–३ सुरुङामा होटल डिलाइटको शुभारम्भ गरिएको छ । २०२१ को अवसरमा शुक्रवार एक कार्यक्रमका विच निवर्तमान सांसद् एलपी साँवाले होटल डिलाइटको शुभारम्भ गरेका हुन् ।

कोरोना महामारीबाट प्रभावित होटललाई थप सुविधासहित शुभारम्भ गरिएको सञ्चालक ख्याम ओलीले जानकारी दिए । होटल मात्रै सञ्चालन गर्दै आएको डिलाइटले बेकरी र ब्याङक्वेट समेत थप गरेको छ । पार्टी प्यालेस, बेकरी र बार समेत गरी डिलाइटले सेवा आरम्भ गरेको छ । करिव डेढ करोडको लागतमा शुरु गरिएको डिलाईट पूर्व कै सुविधा सम्पन्न बनाइएको सञ्चालक ओलीले दावी गरेका छन् ।

शुभारम्भ कार्यक्रममा सांसद् साँवाले निजी क्षेत्रको सहयोगले नै मुलुक समृद्ध हुने बताए । उनले जिल्लाको मध्य भागमा सुविधासम्पन्न होटल, पार्टी प्यालेस खोज्दै अब अन्यत्र जानु पर्ने बाध्यता हटेको बताएका छन् । साँवाले भने, पर्यटकीय नगरीमा होटल डिलाइटले थप गरिमा बढाएको जिकिर गरेका छन् ।

कार्यक्रममा प्रदेश सांसद् हिरा थापा, उपप्रमुख मञ्जु प्रसाई, वडाध्यक्षहरु रुद्र चिमरिया, गाविन्द पौडेल, राप्रपाका नेता ज्योति उप्रेती लगायतले शुभकामना दिएका छन् ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]