बैशाख १४, २०८१ शुक्रबार

कनकाईमा मदन भण्डारी स्पोर्टस् एकाडेमी गठन

विर्तामोड । कनकाई नगरपालिकामा मदन भण्डारी स्पोर्टस् एकाडेमी गठन भएको छ । शुक्रवार सुरुङामा आयोजित भेलाले रमेश मैनालीको अध्यक्षतामा एकाडेमी गठन भएको हो ।

एकाडेमीको उपाध्यक्षमा निमेश ओली, जनार्दन मण्डल, सचिव पे्रम कुमार पुरी, सहसचिव सारिका गिरी, कोषाध्यक्षमा गिता चौहान चयन भएका छन् । सदस्यहरुमा सचिन बस्नेत, पासाङ तामाङ, युनेश बस्नेत, सागर गिरी, सुवास गजमेर , दिलिप राई, विशाल सिटौला, धर्मेन्द्र सुवेदी, सुदिप वाग्ले, पर्शुराम दाहाल, नविन खवास, संजिव ढकाल, दिपक थपलिया, सुजन पराजुली, दुर्गा ओली, एन्जिला मैनाली, भरत ओली, इश्वर थापा, उमेश उप्रेती र प्रदिप लुइटेल रहेका छन् । थप दुई वटा वडाबाट सदस्य थप गरिने नेकपाका युवा नेता विनोद रानाले जानकारी दिए ।

मदन भण्डारी फाउण्डेशन कनकाईका अध्यक्ष गोकर्ण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सांसद् एलपी साँवा, प्रदेश सांसद् हिरा थापा, उपप्रमुख मन्जु प्रसाई लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]