अनेरास्ववियूका संयोजक ऐन महर झापा आउँदै
बिर्तामोड । अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महर झापा आउने भएका छन् । अनेरास्ववियू झापा जिल्ला कमिटीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्न मंगलवार झापा आउने कार्यक्रम रहेको केन्द्रीय सचिवालय सदस्य मनोज ताम्लीले जानकारी दिए ।

नेकपाभित्र देखिएको अन्तरविरोधले जनसंगठन प्रभावित भइरहेको बेला पार्टीका केन्द्रीय समेत रहेका महरले झापाका विधार्थीहरुलाई सम्बोधन गर्न आउने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लाका विधार्थीलाई वर्तमान राजनीतिक घटनाक्रम र आगामी योजना बारे महरले प्रशिक्षण प्रदान गर्ने छन् ।
झापाको बिर्तामोडमा आयोजना गरिएको जिल्ला भेलालाई अनेरास्ववियू कार्यालय सदस्य एवम् पार्टी केन्द्रीय सदस्य सुनिता बराल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । जिल्लाका अगुवा सात सय विधार्थी नेता सहभागी हुने कार्यक्रमको भव्य तयारी गरिएको जिल्ला अध्यक्ष समर्पण खतिवडाले जानकारी दिए । उनले झापाका १५ वटै पालिकाबाट विधार्थीको सहभागिता हुने बताए ।

झापामा माधव नेपाल समूहका अधिकांश विधार्थी नेताहरु ओली पक्षमा खुलेर लागेका छन् । उनीहरु समेतको सक्रियतामा कार्यक्रमको आयोजना भइरहेको छ ।