बैशाख ११, २०८१ मंगलबार

ट्रिपरको ठक्करबाट झापाका लिम्बुको मृत्यू

बिर्तामोड । कनकाई नगरपालिका – ५ टेक्रामा आज दिउँसो भएको सवारी दुर्घटनामा झापा गाउँपालिका–३ का २० वर्षीय सागर लिम्बुको मृत्यू भएको छ ।

दक्षिण तर्फ जाँदै गरेको बा २ ख ९२८४ नम्बरको ट्रिपरले सोहि दिसातर्फ जाँदै गरेको को ६ प २०८५ नं. का मोटर साइकल चालकलाई ठक्कर दिँदा लिम्बु गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । चालक कनकाई–२ का भीम बहादुर दर्जी र ट्रिपरलाई इलाका प्रहरी कार्यालय सुरुङामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : पुष २०, २०७७ सोमबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]