बैशाख ३०, २०८१ आईतबार

इंग्ल्याण्ड सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड महिला फुटबल विश्वकपको सेमिफाइनलमा पुगेको छ । नर्वेलाई ३–० ले हराउँदै इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।


हाभ्रेमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई जित दिलाउनका लागि जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले एक–एक गोल गरे । उत्कृष्ट खेल प्रदर्शन गरेको इंग्ल्याण्डले खेलको तेस्रो मिनेटमै स्कटको गोलमार्फत अग्रता लियो । ब्रन्जको पासमा स्कटले गोल गरेकी थिइन् । ४०औं मिनेटमा एलेन ह्वाइटले गोल गर्दै पहिलो हाफअघि इंग्ल्याण्डलाई २–० को अग्रता दिलाइन् ।

५७औं मिनेटमा ब्रन्जले गोल गरेपछि इंग्ल्याण्डले ३–० को अग्रता लियो ।
८३औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । तर, निकिता पेरिसको प्रहार नर्वेकी गोलकिपरले बचाएपछि इंग्ल्याण्ड ३–० ले विजयी भयो । सेमिफाइनलमा इंग्ल्याण्डले फ्रान्स र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]