बैशाख ३०, २०८१ आईतबार

मदन जयन्तीमा रक्तदानको आयोजना

बिर्तामोड । जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।


असार १४ गते शनिवार झापाको बिर्तामोड स्थित मुक्ति चोकमा मदन जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेकपा झापाका नेता शिव ढुङगेलले जानकारी दिए ।

मदन भण्डारी फाउण्डेशन झापाको आयोजनामा हुने रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडले प्राविधिक सहयोग गर्ने छ । ढुङगेलका अनुसार रगतको अभाव भइरहेकोले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।


हरेक वर्ष जननेता भण्डारीको जन्मजयन्तीमा फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]