सुर्य चिन्हका लागि बलिदान दिन तयार छौं : नेता बस्नेत
धुलावारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले सुर्य चिन्ह केपी ओली बाहेकले दावी गर्न नसक्ने बताएका छन् । उनले सुर्य चिन्ह केपी शर्मा ओलीको नैसर्गिक अधिकार भित्र रहेको बताए ।

राष्ट्रिय युवा संघ नेपाल झापाले आयोजना गरेको बृहत युवा भेलालाई सोमबार धुलावारीमा सम्बोधन गर्दै नेता बस्नेतले पोइला जानेले अंश दावी गर्न नपाउने धारणा राखेका छन् । नेकपाभित्रबाट माधव कुमार नेपाल समूह प्रचण्ड समूहमा पोइला गएको टिप्पणी गर्दै उनले अब सो समूहले नेकपाको कुनै पनि कुरा दावी गर्न नमिल्ने बताए । पूर्व मन्त्री समेत रहेका बस्नेतले नेकपा विवादको मुख्य कारण नै प्रचण्ड र माधव नेपाल भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली जनताको बिचमा राजनेताको रुपमा स्थापित हुँदै गएपछि उनीहरुमा इस्र्या बढेको बताए ।

युवा भेलालाई सम्बोधन गर्ने क्रममा युवा नेता बस्नेतले सुर्य चिन्हका लागि युवाहरु बलिदान दिन तयार रहेको बताएका छन् । उनले पोइला गएकाहरुलाई माया दया गरेर थोरै दाइजो दिन सकिए पनि मुख्य अंश दिन नसकिने बताए । नेता बस्नेतले सुर्य चिन्हमाथि कुदृष्टि लगाउनेहरुलाई तह लगाइने धारणा राखेका छन् । उनले केपी ओली नै राजनेता भएको बताउँदै ओली पक्ष विरुद्ध झुक्किएर पनि धावा बोलेमा त्यसको परिणाम असह्य हुने चेतावनी दिएका छन् ।
विगतको एमाले सम्झदै बस्नेतले भने, मावध नेपाल र झलनाथ खनालले एमालेलाई शिर निहु¥याउने अवस्थामा पु¥याएका थिए । त्यहि एमालेलाई ओलीले उचाईमा पुराएको स्मरण गर्न सूझाव दिएका छन् । पार्टीमा सरसफाई अभियान चलेकै थियो, बस्नेतले भने – केहि फोहोर आफै साइट लागेका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि चालेको कदम नेपाली जनताले स्वागत गरेको उनको भनाई छ । उनले जनता निर्वाचनमा जान तयार रहेकोले अब कसैले कुनै हालतमा निर्वाचन रोक्न नसक्ने दावी गरेका छन् । सबै युवालाई निर्वाचनमा लाग्न बस्नेतले आग्रह समेत गरेका छन् ।