बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोडमा ‘बजाज डोमिनार २५०’

बिर्तामोड । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले बजारमा ‘बजाज डोमिनार २५०’ सार्वजनिक गरेको छ ।

बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । साथै एकल–सिलेन्डर, लिक्विड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भल्भ र डीओएचसी छ । डोमिनार २५० मा १ सय ३२ किलोमिटर प्रतिघण्टासम्मको गति छ ।

यो १०।५ सेकेन्डमा ०–१०० किमि प्रतिघण्टाको गतिसम्म कुद्न सक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा उपलब्ध छ । बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ ।

यसको सेकेन्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको कम्पनीले बताएको छ । चालकको सुरक्षाका लागि लामो दूरीको यात्राको दौरान गियरलाई सुरक्षित राख्ने काम सिटको मुनि रहेको बन्जी स्ट्राप्सले गर्ने कम्पनीको भनाइ छ ।

यसमा १७ इन्चको ट्युबलेस टायर्स, अगाडि ३ सय एमएम डिस्क र पछाडि २३० एमएम डिस्क छ । यो डुअल–च्यानल एबीएसमा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । बिर्तामोडस्थित बजाज कम्पनीको मोटरसाइक्ल विक्रेता मेची मोवाइल्सले समेत बिर्तामोडमा डोमिनारको विक्रि शुरु भइसकेको जनाएको छ ।

प्रकाशित मिति : पुष २८, २०७७ मंगलबार  १२ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]