चैत्र १६, २०८० शुक्रबार

हेवन पार्कमा प्रमोद खरेल साँझ हुने

बिर्तामोड । पूर्वकै चर्चित पर्यटकीय गन्तब्य बन्दै गएको बिर्तामोडस्थि हेवन वाटर पार्कमा प्रमोद खरेल साँझ हुने भएको छ । हेवन वाटर पार्कका प्रवन्ध निर्देशक नेपालरत्न शिवाकोटीले माघ ९ गते प्रमोद खरेल साँझको आयोजना गरिएको जानकारी दिए ।

हेवन वाटर पार्कमा आयोजना गरिएको सांगितिक साँझ बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने छ । कोरोना महामारीले मानव जीवनलाई तनाव बनाएकाले तनाव मुक्त गर्न कार्यक्रमको आयोजना गरिएको शिवाकोटीले जानकारी दिएका छन् । उनले सो कार्यक्रममा प्रवेश गर्न शुल्कको व्यवस्था गरिएको बताएका छन् । कार्यक्रम तयारी बारे जानकारी दिदैं शिवाकोटीले भने, कार्यक्रमको आवश्यक तयारी सकिएको छ । सहभागी बन्न इच्छुकले अग्रिम बुकिङ समेत गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : पुष २९, २०७७ बुधबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]