बैशाख ११, २०८१ मंगलबार

बुधबारे जेसीजद्वारा नयाँ सदस्यलाई तालिम

बुधबारे । बुधबारे जेसीजले माघ २ गते शुक्रबार जेसीजका नयाँ सदस्यहरुका लागि तालिम सम्पन्न गरेको छ । जेसीजमा आवद्ध जेसीहरुलाई जेसीज के हो ? र युवालाई जेसीजको आवश्यकता विषयक एक दिने तालिम सम्पन्न गरेको हो ।

बुधबारे जेसीजका सदस्य जेसी गोकुल पौड्यालको संयोजकत्वमा भएको तालिममा बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्ले र बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारीले तालिममा सहजिकरणको भूमिका निर्वाह गरेका थिए । पूर्व अध्यक्ष जेसी रमेश बराल र निर्वतमान अध्यक्ष जेसी नन्दकुमार यापूm राईको आतित्थता रहेको तालिममा दुई दर्जन बढी सदस्यले तालिममा सहभागिता जनाएका थिए । तालिमको सञ्चालन महासचिव जेसी सुजित बरालले गरेका थिए ।

‘भाले जुधाई’
परम्परागत खेललाई सम्झाउने र युवा पुस्तामा बढ्दो मोवाईलको प्रयोग न्युनिकरण गर्ने उद्धेश्यले बुधबारे जेसीजले शुक्रबार भाले जुधाई कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालय पढ्ने विद्यार्थी मोवाईलमा बढी व्यस्त भईरहेको सन्दर्भमा पुराना खेलले शारिरीक तथा मानसिक वृतिविकास हुन्छ भन्ने सन्देश दिन भाले जुधाई खेल आयोजना गरिएको अध्यक्ष जेसी अनिल वाग्लेले जनाएका छन् । जेसी टेकेट भट्टराईको संयोजकत्वमा भएको खेलमा टेकेन भट्टराई प्रथम र गोकुल पौडेल दोस्रो भएका छन् । जेसी नवराज कोइरालाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष जेसी अनिल वाग्ले, कार्यकारिणी उपाध्यक्ष जेसी कृष्ण ढकाल, उपाध्यक्ष जेसी विनोद रिजाल र उपाध्यक्ष जेसी रुद्र निरौलाले विजेता उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

होमस्टेको प्रमोसन
बुधबारे जेसीजले बर्ष २०२१ मा जेसीज युवाहरुले सञ्चालन गरेको व्यवसायलाई प्रर्वद्धन गर्ने भएको छ । जेसीहरु व्यापारमा, जागिरमा र सफल हुनुपर्छ भन्ने मान्यतालाई सफल पार्न जेसी युवाहरुले गरेका कामको प्रचार गर्ने रणनिती बनाएको बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्लेले बताएका छन् । सोहि अनुरुप जनवरी १५ देखि बुधबारे जेसीजले जेसीजमा लागेका युवाले सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन गर्न सुरु गरेको छ ।

सोहि अनुरुप जेसी उमेश तिम्सिनाले बुधबारे बजारमा सञ्चालन गरेको सुविधा सम्पन्न ‘तेन्जिङ नोर्गे होमस्टे’ को प्रमोसन गरेको हो । सो प्रमोसन कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्ले, निर्वतमान अध्यक्ष जेसी नन्दकुमार याफू राई, पूर्व अध्यक्षहरु जेसी प्रकाश भण्डारी र जेसी रमेश बराल सहित ३५ बढी जेसीज सदस्यको उपस्थिति थियो । जेसी उमेश तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रम जेसी गोकुल पौडेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार  ३ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]