बैशाख १३, २०८१ बिहीबार

अब हातहातबाटै सरकारी सुविधा : सरकारद्वारा ‘नागरिक एप्स’ सार्वजनिक

काठमाडौ – सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ । 

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ ।

 मन्त्री गुरुङले नागरिक मोबाईल एप उद्घाटन कार्यक्रम मार्फत नागरिक मोबाइल एप्स मार्फत अनलाइनबाटै नागरिकता, राजधानी, प्यान लगायतका धेरै सरकारी सेवाहरू लिन सक्ने बताउनुभयो ।  एप्स मार्फत शैक्षिक प्रमाण पत्र तथा मददाता नामावलीको विवरण समेत हेर्न सकिनेछ । एप्स मार्फत सरकारलाई गुनासो समेत गर्न सकिने व्यवस्था एप्समा रहेको उहाँले बताउनुभयो ।  

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले, ‘अब हात हातबाटै सरकारी सुविधा लिन सक्ने’ बताउनुभयो । उहाँले नागरिक एप्स मार्फत अब बिदाका दिन पनि सरकारी सुविधा लिन सकिने बताउनुभयो । 

सरकारले तीन वर्ष अगाडी नीति तथा कार्यक्रममा राखेको नागरिक एप्स तीन वर्ष पछि कार्यान्वयनमा आएको हो । सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना, तथा कार्यक्रममा राखेको थियो । 

एप्स प्रयोग गर्न आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकम र एनसेलको सिमम प्रयोग भएको मोबाइलबाट गुगलको प्ले स्टोरबाट एप्स डाउनलोड गरी यो सुविधा लिन सकिने छ । 

‘डिजिटल नेपाल’ निर्माणको लक्ष्यअनुसार तयार पारिएको नागरिक एपले भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा सरकारले लिएको छ। 

सोही अवसरमा भिडिओ सन्देशमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षदेखिको अनुसन्धानबाट उक्त एप तयार गरिएको जानकारी दिनुभयो। 

‘‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ काम गरिरहेका छौं। नागरिक एप त्यसैको एउटा कदम हो,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘अब कुनै पनि सरकारी सेवा लिन कार्यालय(कार्यालयमा धाउनुपर्ने नागरिकको बाध्यता हट्नेछ।’’ हाल परीक्षणको रूपमा सार्वजनिक गरिएको एपमा चाँडै नै सबै सरकारी निकायहरूको सेवा जोडिने सञ्चारमन्त्री गुरूङले बताउनुभयो  ।

प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार  ५ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]