बैशाख ७, २०८१ शुक्रबार

करेन्ट लागेर हात्ती मर्यो

भद्रपुर । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान मृत हात्ती फेला परेको छ ।


हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो ।

जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए । जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : असार १४, २०७६ शनिबार  ११ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]