बैशाख १२, २०८१ बुधबार

शिक्षक संगठन बिर्तामोड नगर समितिको नेतृत्व निर्विरोध, अध्यक्षमा भण्डारी

धर्मेन्द्र मामा

विर्तामोड । नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको गत पौष १८ गते सम्पन्न दोस्रो नगर अधिवेशनले दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक उमानाथ भण्डारीलई अध्यक्षमा निर्विरोध चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार आयोजित घोषणा सभामा अध्यक्ष मण्डलका संयोजक द्रोण बहादुर श्रेष्ठले सबैै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा दल बहादुर खड्का, महिला उपाध्यक्ष ईन्दिरा वस्ती, सचिव गोविन्द न्यौपाने , सहसचिव उषा ढकाल, कोषाध्यक्ष मेदनी प्रसाद उप्रेती, सहकोषाध्यक्ष शान्ता देबी मिश्र र सदस्यहरुमा बिष्णु प्रसाद भट्टराई, इन्दिरा खनाल देवीप्रसाद कडरिया, दिनेशकुमार बास्कोटा, लक्ष्मी प्रसाद गौतम, भीमप्रसाद आचार्य, भद्रकला प्रसाईं र महिला सदस्यहरुमा सुनिता निरौला, चम्पा भट्टराई र कौशिला आचार्य रहेका छन् ।

शनिबार आयोजित घोषणा सभा तथा सपथग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नम्बर १ का अध्यक्ष बुद्धिमान कार्की, संगठनका झापा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी , उपाध्यक्ष द्रोण बहादुर श्रेष्ठ, महिला उपाध्यक्ष अम्बिका खवास, निर्वाचन समितिका संयोजक रामचन्द्र भट्टराई, निवर्तमान नगर अध्यक्ष उमानाथ प्याकुरेल लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा संगठनका केन्द्रिय प्रतिनिधि लेखनाथ सुबेदी निवर्तमान राष्ट्रिय परिषद् सदस्य धर्मेन्द्र भट्टराई , प्रधानाध्यापकहरु कृष्णप्रसाद पाठक, ज्ञानुनाथ मैनाली, बद्री बाँस्कोटा लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष मण्डलका संयोजक द्रोण बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न घोषणा सभामा शान्ता रोकाले स्वागत गर्नुभएको थियो भने अम्बिका खवासले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान समितिको तर्फबाट माइन्युट पुस्तिका हस्तान्तरण गरी नयाँ कार्यसमितिलाई जिम्मा लगाइएको थियो ।

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]