जेष्ठ २, २०८१ बुधबार

समाचारको सत्यता पत्ता लगाउन साक्षरता

झापा । यु.एस एम्बेसी युथ काउन्सिल नेपालका सदस्यको आयोजनामा कनेक्टिङ क्लास रुम एण्ड न्यूज रुम परियोजना अन्तर्गतको पहिलो कार्याशाला शनिवार आयोजना गरिएको छ ।

झापाको हल्दीवारी गाउँपालिकामा रहेको श्री महेन्द्र माध्यामिक विद्यालय र सिग्मा इंग्लिस स्कुलमा अध्ययनरत ३६ जना विद्यार्थीहरुका लागि कार्यशालाको आयोजना गरिएको हो ।


दुई विद्यालयमा अध्ययनरत १२ देखी १८ वर्ष उमेर समूहका १सय २० जना विद्यार्थीहरुमा गरिएको सर्वेक्षणका आधारमा ३६ जना विद्यार्थीलाई छनौट गरिएको थियो ।

छनौट भएका विद्यार्थीहरुलाई सही र गलत समाचार कसरी छुट्याउने, सूचना कसरी माग्ने, सूचनाको हक भनेको के हो र महत्वपुर्ण घटना दर्ता सम्बन्धि जानकारी दिइएको यु.एस एम्बेसी युथ काउन्सिल नेपालका सदस्य तथा कार्याशाला संयोजक अभिलाषा रायमाझीले बताइन् । रायमाझीका अनुसार हल्दीबारीमा विद्यार्थी लक्षित यस्ता कार्यक्रमहरु यसअघि आयोजना नभएकोले कार्यक्रम आयोजना गरिएको हो ।


कार्यशालामा सही र गलत समाचार कसरी छुट्याउने भन्ने विषयमा बिबिसी नेपाली सेवाका झापा संवाददाता उमाकान्त खनालले प्रशिक्षण दिँदै आफ्ना अनुभवहरु सुनाएका थिए । समाचार भनेको के हो, समाचारका लागि आधिकारिक श्रोतहरु केके हुन्, समाचार लेख्ने मान्छेले के कस्ता कुरामा ध्यान दिनुपर्छ र निष्पक्ष भएर पत्रकारिता किन र कसरी गर्ने लगायतका विषयमा जानकारी दिए ।

कार्यक्रममा बोल्दै खनालले भने , पत्रकारिता पेसा हो र कानुनको दायरामा रहेर पत्रकारले आफ्नो पेशा गर्नुपर्छ । उनले विभिन्न रचनात्मक अभ्यास मार्फत कार्यशालामा सहभागी विद्यार्थीहरुलाई सही र गतल समाचारको बारेमा प्रष्ट्याएका थिए ।


कार्यशालामा सहभागी विद्यार्थी अभ्यास सिवाले यस कार्यशालाबाट सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण हुने समाचारजन्य सामग्री सहीहो वा गलत हो भनेर कसरी छुट्याउने भन्ने बारेमा जानकारी पाएको बताएका छन् ।
साथै, गलत सूचना वा अधुरो सूचना सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण हुँदा त्यसले कस्ता गलत परिणाम ल्याउने रहेछ भन्ने विषयमा पनि जानकारी पाएको सिग्मा इंग्लिस स्कुलका नेहा आचार्यको भनाई छ ।


यस्तै, कार्यक्रममा यु.एस एम्बेसी युथ काउन्सिल नेपालकी सदस्य कृपा श्रेष्ठले महत्वपुर्ण घटना दर्ता भनेको के हो, कस्ता घटनाहरु दर्ता गर्नुपर्छ र ति घटनाहरु कसरी दर्ता गर्ने भन्ने विषयमा प्रशिक्षण दिनइन् ।

यस्तै, यु.एस एम्बेसी युथकाउन्सिल नेपालकै सदस्य करुणा देवकोटाले सूचनाको हक भनेको के हो, बालबालिका तथा विद्यार्थीले सूचनाको हकको प्रयोग किन र कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिए । काउन्सिलकी सदस्य आशियाना अधिकारीका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मिडिया साक्षरता दिनुका साथै उनीहरुको नेतृत्वदायी क्षमता विकासमा पनि सहयोग पु¥याउँछ ।


बालबालिकाले कार्यशालामा सिकेका कुरालाई आफ्नो विद्यालयका अन्य साथी तथा आफ्ना अभिभावकहरुसँग छलफल गर्ने हुँदायसले अप्रत्यक्ष रुपमा धेरैलाई फाइदापुग्ने अर्का काउन्सिल सदस्य बसन्त शाहले बताए । कार्यशालामा युस एम्बेसी युथ काउन्सिल तथा कनेक्टिङ क्लास रुम एण्ड न्यूज रुम परियोजनाको बारेमा काउन्सिलका सदस्य निवन दाहाले प्रकाश पारेका थिए ।

उनका अनुसार यो परियोजनाको अन्तिम कार्यशाला साउनमा आयोजना गरिने छ । कार्यशालामा मिडिया सारक्षतासँगै आफुमा भएको लेखन क्षमता कसरी विकास गर्ने, कुनैपनि लेख वा समाचार लेख्दा कस्ता कुराहरु अनिवार्य समावेश गर्नुपर्छ भन्ने विषयमा समेत छलफल र सहजीकरण गरिएको थियो ।

प्रकाशित मिति : असार १५, २०७६ आईतबार  ३ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]